काठमाडौं, मंसिर २४ –अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना)का इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी मङ्सिर २२ गतेबाट खल्तीको माध्यमबाट उक्त फण्डको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
यस अघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आईपीएस र इन्भेष्टमेन्ट बैंकको ई बैंकिङ्गबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो । कोष प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयाशरत रहेको छ ।
FACEBOOK COMMENTS