काठमाडौं, कात्तिक १९ – अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले राष्ट्रिय आविष्कार केन्द्रलाई १५ लाख सहयोग गरेको छ।
कोरोना महामारीको समयमा केन्द्रले पिपिई लगायत आवश्यक सामग्री निर्माण गरिरहेको भन्दै फाउन्डेसनले १५ लाखको सहयोग गरेको हो। फाउन्डेसन नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले बुधबार केन्द्रका अध्यक्ष महावीर पुनलाई उक्त चेक हस्तान्तरण गरेका छन्।
पिपिई, युभी रेडियसन च्याम्बर, कोरोना बुथ, हाई फ्लो अक्सिजन थेरापी प्रोजेक्टका लागि सहयोग गरेको बस्नेतले जानकारी दिए। केन्द्रलाई सहयोग गर्नुका साथै सहकार्य पनि गरिने उनले बताए।
यसअघि फाउन्डेसनले काठमाडौं उपत्यकाका आठ वटा अस्पताललाई तीन हजार एन–९५ थ्रिएम मास्क वितरण गरेको थियो।
FACEBOOK COMMENTS