काठमाडौं, जेठ २ । अमेरिकाका ४७ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । विश्वभरको जनसंख्याको तथ्यांक राख्ने वल्डोमिरटका अनुसार २०२१ मा अमेरिकाको कुल जनसंख्या ३३ करोड २६ लाख छ ।
तीमध्ये, हालसम्म ४७ प्रतिशत अर्थात झण्डै आधा जनसंख्यााका मानिसले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यस्तै, ३६ प्रतिशत मानिसले पूर्ण खोप लगाएको बताइएको छ ।
अमेरिकामा फाइजर, मोर्डना र एस्ट्रेजेनेकाको खोप लगाइँदै आएको छ । कोरोनाविरुद्धका एक डोज खोप लगाएपछि ८४ प्रतिशत सुरक्षित हुने अध्ययनले देखाएको छ ।
पूर्ण खोप लगाएपछि ९४ प्रतिशतसम्म सुरक्षित हुने देखिएपछि अमेरिकामा पूर्ण खोप लगाएकाले मास्क लगाउन नपर्ने भएको छ । खोप लगाएपछि संक्रमित बनेमा खोप नलाएकाको शरिसमा भन्दा ४ गुणा कम भाइरस हुने पाइएपछि अमेरिकाले मास्क नलगाएपनि हुने नियम ल्याएको हो ।
सीएनएनको सहयोगमा
FACEBOOK COMMENTS