काठमाडौँ, कार्तिक १८ – विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो ।
नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको हो । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार विहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ । प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् ।
चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।
FACEBOOK COMMENTS