काठमाडौं – अमेरिकाले २०० बिलियन डलर मूल्य बराबरका चिनियाँ समानको भन्सार दर १५० प्रतिशतले बढाउने भएको छ ।
अमेरिकी अर्थतन्त्रको रक्षा र विकासका लागि भन्दै ट्रम्प प्रशासनले हाल १० प्रतिशत भन्सार असुलिँदै आएका चिनियाँ समानहरुमा २५ प्रतिशत भन्सार उठाउने तयारी थालेको हो ।
यस अघि ट्रम्प प्रशासनले ३४ बिलियन मूल्य बराबरका चिनियाँ समानको भन्सार दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत असुलेको थियो ।
त्यसको एक महिनापछि नै थप २०० बिलियन अमेरिकी डलर बराबरका चिनियाँ समानमा २५ प्रतिशत भन्सार लगाउने अन्तिम तयारी गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर प्रशासनका कर्मचारीहरुलाई त्यस्तो निर्देशन दिईसकेको सिएनएनले समचार सम्पेशण गरेको छ ।
गत महिना चिनियाँ समानमा भन्सार दर बढाएपछि चीनले आपत्ति जनाएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादनको रक्षाका लागि भन्दै ३४ बिलियन डलर मूल्य बराबरका चिनियाँ समानमा २५ प्रतिशत भन्सार लगाएका थिए ।
चीनसँगको व्यापारमा अमेरिकाले बार्षिक ३७५ बिलियन डलर घाटा व्यहोर्दै आएको छ । बढ्दो व्यापार घाटा कम गर्न र अमेरिकी उद्योगीहरुको प्रतिष्पर्धी क्षमता बढाउन भन्सार दर बढाईएको तर्क ट्रम्प प्रशासनले गर्दै आएको छ ।
FACEBOOK COMMENTS