काठमाण्डौँ — १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ ।
अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् ।
भ्रमणकै अवसरमा बस्ने परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ ।
लामो समय छिमेक (भारत र चीन) मामिलामा केन्द्रित भएको नेपालले कुटनीतिक दायरा फराकिलो बनाउँदै छ ।
भारत र चीनबाहेक जापान र मंगोलिया भ्रमण गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार राति अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS