काठमाण्डौँ — अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले मङ्गलबार चिचिला गाउँपालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गरे ।
प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ ।
सन् २०२२ मा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सतलजले निर्माणको काम अब नरोकिने जनाएको छ ।
सङ्खुवासभा, भोजपुर र खोटाङ हुँदै प्रशारण लाइन लगिने छ ।
प्रशारण लाइनमा निर्माण गरिने ५०१ वटा टावरको पनि काम शुरु भइसकेको छ ।
FACEBOOK COMMENTS