काठमाण्डौँ – बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ ।
पाँच वर्षमा बिजुली उत्पादन सुरु गर्ने लक्ष्यसहित आयोजनाका लागि जग्गा अधिग्रहणको काम सकिएको छ ।
भारतीय लगानीको यो आयोजनाको सुरुङ निर्माण धमाधम भइरहेको छ ।
सेनाको बराह दल गुल्मको सुरक्षामा बिस्फोटक पदार्थ राखिएको छ ।
सुरुङका लागि बिस्फोटको काम भइरहेको निर्माण कम्पनी सतलजले जनाएको छ ।
वैशाख २८ मा प्रधानमन्त्री केपी ओली र उनका समकक्षी नरेन्द्र मोदीले शिलान्यास गरेपछि पूर्वाधार र भौतिक निर्माणका कामले गति लिएको हो ।
मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छयाङकुटीबाट दिदिङको पुखुवा र डयामसाइटबाट पावरहाउस जाने लिंक रोड निर्माण भइरहेको छ ।
पाँचवटा पक्की पुलमध्ये २ वटा निर्माणको काम सकिएको छ भने ३ वटा निर्माणका क्रममा छन् ।
अरुण तेस्रो प्रवेश मार्गका इन्जिनियर अमिन्द्र खडकाका अनुसार छयाङकुटीबाट पुखुवा पावरहाउससम्म २७ दशमलव ७ किमि सडक निर्माण भइसकेको छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS