मुकुन्द पौडेल
हाम्रा पर्यटन मन्त्रीजीको हालै भएको अष्ट्रेलिया भ्रमणका सन्दर्भमा अष्ट्रेलिया स्थित नेपाली सामाजिक सन्जालमा मात्र नभएर पछिल्ला दिनमा यहाँ स्थित नेपाली छापा र सामाजिक सन्जालमा पनि निक्कै चर्चा पाएको देखिएको छ।अष्ट्रेलिया एउटा विकास र प्रविधिले समृद्ध देश हो।जहाँ हाम्रा थुप्रै नेपालीहरू पनि अध्ययन अध्यापन र विभिन्न काम व्यवसायमा संलग्न रहेका छन।हाम्रो जस्तो देशका विज्ञ विशेषज्ञ नीति निर्माता वा राजनैतिक तहका नेतृत्वहरूले त्यस देशको भ्रमणगरी आपसी सहयोग र पारस्परिक हितका विषयमा साझेदारी गर्नु हाम्रा लागि लाभदायक हुने कुरामा सायदै दुईमत होला।तर यस पटकको मन्त्रीजीको भ्रमण के कस्तो समय र परिस्थितिमा हुन गएको छ भन्ने कुरा अल्लि विचारणिय छ।अरू कुराका अलावा यस पटक नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन गैरहेको सन्दर्भलाई यो भ्रमणसंग जोडिएको देखिएको छ।तर त्यसका लागि पनि यो उपयुक्त समय थिएन कि भन्ने आम धारणा सार्वजनिक भएकाछन विभिन्न माध्यमबाट नेपाल वा अष्ट्रेलिया दुवै देशमा। किनकी केही समय देखि अष्ट्रेलियामा लागेको भिषण आगलागिका कारण उक्त देश हाल ठूलो शोक र पीडामा रहेको अवस्था छ।गहिरो मानवीय सम्वेदनाको घडी छ यो समय।
यस्तो समयमा हाम्रा मन्त्रीले त्यहाँ गएर तामझाम सहित झाँकी प्रदर्शन गरेर नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्नुले अपेक्षाकृत सकारात्मक सन्देश अवश्य दिँदैन यस्ता कुरामा समयमानै गम्भीर रूपमा ध्यान दिनु पर्ने हो।कुनै पनि राजनैतिक नेतृत्व वा विशिष्ट व्यक्तिले अन्य कुनैपनि देशको भ्रमण गर्दा यस्ता धेरै पक्ष माथि ध्यान पुयाउन आवश्यक छ।यो मेरो विनम्रतापूर्वक आग्रह हो।
FACEBOOK COMMENTS