काठमाडौं– केहि समय अघि अष्ट्रेलियन इन्ष्टिच्युट अफ बिजिनेश एण्ड टेक्नोलोजी (एआइबिटी) कलेजलाई त्यहाँको अष्ट्रेलियन स्कील क्वालिटी अर्थोरिटी (ASQA) ले दर्ता खारेज गरीदिएपछि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेको विषयले राष्ट्रिय अन्तराष्ट्रिय तहमा चर्चा कमाइरहँदा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) भने सञ्चार माध्यममा आएजस्तो आत्तिइहाल्नु पर्ने अवस्था नरहेको बताउँछ ।
अष्ट्रेलियन सरकार विदेशी विद्यार्थीको पढ्न पाउने र उनीहरुको ट्युसन शुल्कका विषयमा अत्यन्त गम्भिर रहेको भन्दै एआइविटी कलेज खारेज हुँदैमा सबै विद्यार्थीको भविष्य नै संकटमा परेको र त्यसको जिम्मेवार कलेजसँगै नेपालका कन्सल्टेन्सीलाई लगाउनु उपयुक्त नभएको अध्यक्ष पाण्डेको धारणा छ ।
‘एआइविटी (ASQA) मा दर्ता भएको शैक्षिक संस्था हो भन्नेमा द्विविधा छैन, उसले डिप्लोमा नर्सिङ र एडभान्स डिप्लोमा नर्सिङमा विद्यार्थी भर्ना लिएर अध्ययन गराइरहेको थियो । ती विषयहरु अध्यापन गराउँदा त्यहाँको Australian Nursisng & Midwifery Accreditation Council (ANNMAC) बाट सम्बन्धनको प्रक्रिया अघि बढाएको थियो । उक्त कोर्ष Non Accredited Course भएकोले हाल आएर ANNMAC Approvalनहुने भएपछि समस्याको रुपमा देखिएको हो । ‘तथापि, यो ठूलो समस्या हैन, एआएविटीले दर्ता खारेजीको २८ दिन भित्र अपिल गर्न पाउने प्रावधान छ । हामी त्यो अवधिमा कलेजले दर्ता पाउनेमा विस्वस्त छौं ।’ इक्यानका अध्यक्ष पाण्डे भन्छन् ।समस्या ANNMAC ले Enrolled Nurse Accreditation Standerd 2017 बनाएर लागु गर्ने निर्णय गरेपछि आएको हो । ‘एनमेकले जुलाई १, २०१८ भन्दा अगाडी डिप्लोमा अफ नर्सिङ Accredited Course पढ्नलाई आइएलटिएसका प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनुपर्ने प्रावधान ल्याएपछि यो समस्या आएको हो ।’ उनले भने–‘एआइविटीमा पढिरहेका अधिकांश विद्यार्थीले एआएविटीका प्रत्येक ब्याण्डमा ७ अंक ल्याएका छैनन्, त्यहि भएर डिप्लोमा अफ नर्सिङ पढ्न अन्य ANNMAC Accredited शिक्षण संस्थाहरुले पनि भर्ना नलिने भएपछि समस्या आएको हो ।’
भाषाको मापदण्ड पुरा गरे हुने र जुलाई १, २०१८ देखि Accredited Course पढ्न सुरु गर्दा नै विद्यार्थीले आइएलटिएसमा प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनुपर्ने प्रावधान लागू भयो । यसले गर्दा पनि समस्या पैदा भइदिएको छ । तथापि, विद्यार्थीहरुले जसरी सञ्चार माध्यममा भने त्यस्तो परिस्थिति आउने अवस्था छैन ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका विद्यार्थीले कलेजको आन्तरिक समस्यालाई नेपालमा रहेका कन्सल्टेन्सीको समेत दोष देखाइदिए । कन्सल्टेन्सीले विद्यार्थीलाई एआइविटी कलेजको विषयमा स्पष्ट जानकारी नदिएको गलत आरोप लगाएको कन्सल्टेन्सी ब्यवसायीहरुको भनाइ छ ।
इक्यानका अध्यक्ष भन्छन्, एआइविटीले नेपाली विद्यार्थीलाई भर्ना लिइरहँदा ANNMAC बाट सम्बन्धनका लागि प्रक्रिया भइरहेको र ६ महिना भित्र सम्बन्धन आउने बताएको थियो, तर त्यो ६ महिनामा सम्बन्धन लिन सकेन । नेपाली कन्सल्टेन्सीले गलत परामर्श दिन भन्न मिल्दैन । भने, कन्सल्टेन्सी ब्यवसायीले पनि विद्यार्थीको समस्याबाट पन्छिन मिल्दैन, त्यहि भएर हामीले नेपाल सरकार, शिक्षा मन्त्रालय, अष्ट्रेलियन दुतावास, एआएविटी कलेज लगायतसँग समन्वय गरेर काम गरिरहेका छौं ।’
यो समस्या नेपालका कन्सल्टेन्सी, नेपाल सरकार भन्दा पनि अष्ट्रेलियन सरकारले भिषा पोलिसीमा परिवर्तन गरेको कारण आएको हो ।
अहिले इक्यान विद्यार्थीको समस्या समाधान गर्न लागेको छ । यसका लागि अष्ट्रलियन सरकार, एनमेक, एआइविटी लगायत त्यहाँका शैक्षिक संस्थासँग नियमित सम्पर्क गरिरहेको छ । एआइविटी कलेजले पनि दर्ता स्विकृति (पुर्नवहाली) का लागि अपिल गरिसकेको छ । ‘यदी कलेजको दर्ता पुर्नवहाली भएको अवस्थामा समसया स्वतः समाधान हुन्छ । दर्ता खारेज भएकै अवस्थामा भने, समाधानका उपाय खोज्नुपर्छ । त्यसका लागि अष्ट्रेलियन सरकारले विदेशी विद्यार्थीका हकमा ब्यवस्था गरेको टिपिएस (TPS) अन्र्तगत जानुपर्छ ।’ अध्यक्ष पाण्डे भन्छन् ।
एआइबिटी कलेजको अन्तिम म्याद २६ मार्चसम्म रहेको छ । टिपिएस (TPS) सिष्टम अन्र्तगत अब त्यहाँ अध्ययनरत विद्यार्थीले सम्बन्धित विषयको अर्को कलेजमा स्थानान्तरण हुन पाउने ब्यवस्था छ । अर्को कलेज स्थानान्तरण नहुने विद्यार्थीले स्वदेश फर्कने बाटो अवलम्बन गर्न सक्छन् । यसमा विद्यार्थीले कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधि बाँकी रहेको रहेछ भने त्यस वापतको शुल्क समेत टिपिएस (TPS) ले फिर्ता गर्नेछ ।
‘पढ्न नचाहने विद्यार्थीको हकमा स्वदेश फर्किने बाटो बन्छ, पढ्न चाहने विद्यार्थीलाई अर्को कलेज स्थानान्तरणको ब्यवस्था छँदैछ, त्यस कारण यहाँ विद्यार्थीले म अष्ट्रेलियामा असुरक्षित भएँ, मेरो लगानी खेर गयो, मलाई कन्सल्टेन्सीले गलत सुचना दिएर पठायो भन्नुपर्ने अवस्था आउँदैन ।’ इक्यान अध्यक्ष पाण्डे भन्छन् ।
कलेज फर्किएन भने यो कलेजले आफ्ना विद्यार्थीहरुलाई अर्को कलेजमा टान्सफर गर्छ । र तेस्रो कुरा, ट्रान्सफर पनि गरेन भने अष्ट्रेलियामा ट्युसन प्रोटेक्सन सर्भिस छ । यो सरकारको आधिकारिक निकाय हो । जसको कारणले विद्यार्थीहरुले नपढेको फि पूर्ण रुपमा सुरक्षित हुन्छ । त्यहाँबाट विद्यार्थीहरुले फि फिर्ता लिन सक्छन् ।
पाण्डेले नर्सिङ विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमा अध्ययन पुरा गर्ने अवस्थामा रहेको भए उनीहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानान्तरण शिक्षण संस्था अनुसार फरक हुने तर, अहिलेकै अध्ययनले भने एनमेकमा दर्ता हुन नपाउने भएकोले ती विद्यार्थीलाई मात्र समस्यामा पर्ने बताउँदै उनीहरुको समस्या समाधान गर्न कलेज, अष्ट्रेलियन सरकारले समुचित पहल गर्नुपर्ने बताए ।
इक्यानले समेत यो विषयलाई जतिसक्दो चाँडो हल गर्नका लागि ११ जना सञ्चालक र सहयोगीहरुलाई अष्ट्रेलिया पठाइसकेको जनाएकाे छ ।
FACEBOOK COMMENTS