काठमाण्डौँ — अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् ।
शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ ।
२०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।
तीनवटै तहका गरी करिब १३ हजार अस्थायीका साथै १२ हजार ७ सय ३९ पदमा खुला प्रतिस्पर्धाबाट स्थायी हुँदै छन् ।
पदपूर्ति प्रक्रियालाई तहगत आधारमा २०४९ सालअघि, ०६१ सालअघि र २०७२ सालअघि गरी तीन फरक समूहमा अस्थायीलाई प्रतिस्पर्धा गराइएको छ ।
शिक्षक सेवा आयोगले यही आर्थिक वर्षभित्र अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षा लिएर नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS