काठमाण्डौं । बैशाख १७ । निवर्तमान सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर महराले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपील गरेका छन् ।
हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला रहेको बताँउदै महराले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताएका छन् । महराले आज एक बिज्ञप्ती निकाल्दै मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेको उल्लेख गरेका छन् ।
महराले बिज्ञप्ती मार्फत भनेका छन् “महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको तथा देश अहिले लकडाउनको अवस्थामा छ । अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन।
FACEBOOK COMMENTS