७ पुस, काठमाडौं – नेपाल नेत्रज्योति संघ धनकुटा शाखाअन्तर्गत सञ्चालित डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालमा हिमालयन बैंकको सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सहयोगमा प्राप्त भएको छ ।
फेको मेसिनसहित अन्य ३५ लाख बराबरको स्वाथ्य उपकरण पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले सोमबार एक कार्यक्रमा बीच नेपाल नेत्रज्योति संघ डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालका सभापति रोशेष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
फेको मेसिन तथा अन्य स्वाथ्य उपकरण पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको पहलमा हिमालयन बैंकले सहयोग गरेको जनाइएको छ । फेको मेसिन जडान भएपछि धनकुटासहित पूर्वीपहाडी जिल्लाका नागरिकलाई आँखा उपचार सेवा सहज हुने भएको छ ।
FACEBOOK COMMENTS