काठमाडौँ, श्रावण २७ – सेप्टेम्बर १९ देखि सुरु हने २०२० इण्डियन प्रिमियर लिग (आइपिएल टी २०) क्रिकेट प्रतियोगिता गर्न भारतीय सरकारले अनुमति दिएको छ। आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलले भारतीय सरकारले आइपिएल सुर गर्नअनुमति दिएको पुष्टि गरेका हुन्।
२०२० को सेप्टेम्बर १९ बाट सुरु हुने आइपिएलको फाइनल नोभेम्बर १० मा हुनेछ। दिउँसका खेल पौने चार बजे र साँझको खेल पौने आठ बजे सुरु हुने आइपिएलमा एक टिममा २४ खेलाडीसम्म राख्न पाइनेछ। आइपिएलका लागि सबै टिमले खेलाडीलाई क्वारेन्टिनमा राख्ने प्रक्रिया सुरु गरिसकेका छन्।
खेलहरु युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सहरमा हुनेछन्।
युएई गएपछि क्वारेन्टिन बस्नु पर्ने बाध्यकारी नियम नभए पनि युएई जानुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ।
FACEBOOK COMMENTS