काठमाडौं, १८ मंसिर – क्यान महासंघले राष्ट्रिय छात्रवृत्ति कार्यक्रमकाे नतिजा सार्वजनिक गरेको छ । प्राविधिक शिक्षातर्फ दुई वर्षदेखि प्रदान हुँदै आएको यो छात्रवृत्तिका लागि गत भदौमा आवेदन माग गरिएको थियो ।
उक्त आवेदनका आधारमा महासंघले विद्यार्थी छनोट गरेको हो । महासंघले गरीब र जेहेन्दार विद्यार्थीहरुका लागि यो छात्रवृत्ति उपलब्ध गराएको उल्लेख गरेकाे छ ।
यसका लागि काठमाडौं मैतिदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग महासंघले सहकार्य गरेकाे छ । कार्यक्रममार्फत यस वर्ष ४२ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ ।
जसअनुरुप पूर्ण छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट पूजा भट्टराई, प्रदेश २ बाट नन्दनी गुप्ता, बागमती प्रदेशबाट सविना पौडेल, गण्डकी प्रदेशबाट अनुशा देवकोटा, लुम्बिनी प्रदेशबाट प्रिया नेपाली, कर्णली प्रदेशबाट टिका पाण्डे, सुदूरपश्चिम प्रदेशबाट मुना भट्टराई रहेका छन् ।
बाँकी विद्यार्थिलाई भने आंशिक छात्रवृत्ति प्रदान गरिएको छ । जसको सूची तल प्रस्तुत गरिएको छ ।
FACEBOOK COMMENTS