काठमाडौँ, कात्तिक ५ –किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबको जितमा क्रिस गेलले १३ बलमा २ छक्का र ३ चौकासहित २९ रन जोडे। यस्तै निकोलस पुरनले २८ बलमा ३ छक्का र ६ चौकासहित ५३ रनको अर्धशतकीय पारी खेले।
यस खेलअघि पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो। जितसँगै पन्जाब १० खेलमा ४ जितसहित ८ अंकका साथ पाँचौं स्थानमा पुगेको छ। पराजित दिल्ली भने अझौ पनि १४ अंकका साथ शीर्षमा यथावत छ।
त्यसअघि शिखर धवनले १०६ रनको शतकीय पारी खेलेपछि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।धवनले ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गरेपनि टोलीलाई जित दिलाउन सकेनन। यो आइपीएलमा धवनको लगातार दोस्रो शतक हो। यसअघि उनले चेन्नाई सुपर किंग्सविरुद्ध १०१ रनको पारी खेलेका थिए।
उनीबाहके अन्य खेलाडीको प्रदर्शन भने फिक्का रह्यो। श्रेयस ऐयर र ऋषब पन्त समान १४ रनमा पवेलियन फर्किएपछि दिल्लीले जितस्कोर बनाउँन सकेन।
FACEBOOK COMMENTS