काठमाडौं, कात्तिक १६ – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)का पछिल्ला खेलमा प्लेअफको दाबेजार किंग्स इलेवेन पञ्जाबले राजस्थान रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो भने हैदारबादले बैंगलोरलाई ५ विकेटले हराएको थियो। हैदराबादको जित र पञ्जाबको हारले आईपीएलका बाँकी क्लबमा नयाँ आशा जागृत भएको छ। लिगअन्तर्गत आज हुने दुई खेलमा त्यही आशाका साथ क्लबहरु मैदान उत्रनेछन्।
त्यसैले जारी सिजनको रोमाञ्चक पक्ष यो छ कि ५२ खेल सकिँदा पनि प्लेअफ खेल्ने टिमको टुंगो लागेको छैन। आज (आइतबार) हुने पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने किंग्स इलेवेन पञ्जाब अझै प्लेअफकै होडमा छ।
त्यस्तै दोस्रो खेलमा पनि जित निकाल्ने टिमले प्लेअफमा दाबेदारी बनाउनेछ। दोस्रो खेलमा भिड्न लागेका राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स अंकतालिकामा क्रमशः छैटौं र सातौं स्थानमा छन्।
चौथो, पाँचौ, छैटौं र सातौं स्थानमा रहेका सबै टिमको समान १२ अंक भएकाले आजको खेलले प्लेअफका लागि निर्णायक भूमिका खेल्नेछ। आज पहिलो खेलमा चेन्नईले पञ्जाबलाई हराएमा उसको पनि प्लेअफ यात्रा सकिने छ। तर जितेको खण्डमा प्लेअफमा जाने आशा कायमै रहने छ।
त्यसैले पञ्जाबलाई गर वा मरको अवस्था छ। यता चेन्नई सुपर किंग्स भने प्लेअफको होडबाट बाहिरिसकेको छ।
त्यस्तै दोस्रो खेलमा हार बेहोर्ने टिम प्लेअफमा पुग्न सक्ने छैन भने जित्ने टिमका लागि प्लेअफमा पुग्ने अवसर कायमै रहनेछ। यसकारण यो खेल पनि नक आउट जस्तै हुनेछ।
आईपीएल इतिहासमा कोलकाता र राजस्थानले २२ खेल खेलेका छन्। जसमा कोलकाताले ११ खेल जितेको छ भने एक खेल नजिताविहीन बनेको छ। यस्तो अवस्थामा कोलकाता केही बलियो देखिन्छ।
यता राजस्थानको प्रदर्शन पनि आँकलन गर्ने खालको छैन। त्यसैले आजको दोस्रो खेलले प्लेअफमा जाने टिमका लागि निर्णायक भूमिका खेल्न सक्नेछ।
आईपीएलको ‘टर्निङ प्वाइन्ट’
सुरुको ४–५ चरणका खेल हेर्ने हो भने आईपीएल एउटा छुट्टै गतिमा थियो। तर पछिल्ला पाँच चरणमा भने प्रतियोगितामा केही परिवर्तन भएको छ। जसमा किंग्स इलेवेन पञ्जाब र दिल्ली क्यापिटलमा भूमिका महत्वपूर्ण देखिन्छ।
सुरुमा हारको लय समातेको पञ्जाबले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै शीर्ष चारमा पुगेको थियो। यता एक जित निकाले प्लेअफमा स्थान सुरक्षित गर्ने अवस्थामा रहेको दिल्ली क्यापिटलले लगातार चार हार बेहोर्यो।
यसकारण अंकतालिकाको पुछारमा रहेको टिममा युनिभर्सर बलर क्रिस गेल खेल्न थालेसँगै राम्रो पकड बनाउन थाल्यो भने दिल्लीले राम्रो प्रदर्शन गर्न सकेन। दिल्लीका प्रतिस्पर्धी अंकतालिकामा माथि आउन थाले भने कमजोर पञ्जाबका कारण हैदराबाद र कोलकाताले चौथो र पाँचौं स्थानका ठाउँ गुमाउन पुगे।
त्यस्तै, शीर्षस्थानको मुम्बईले पनि प्लेअफमा पुग्नुअघि एक खेल गुमायो भने बैंगलोरले त लगातार तीन खेलमा हार बेहोर्यो। शीर्ष तीनका दुई टिमले लगातार हार बेहोरेका कारण आईपीएलमा पछिल्ला चरण पेचिलो बनिसकेको छ।
त्यसैले चार चरणअघि नै फाइनल हुन सक्ने प्लेअफको समीकरण अन्तिम चरणसम्म पनि टुंगो लाग्न सकेको छैन। अब आईपीएलमा सबै टिमका समान १–१ खेल बाँकी छ।
यो खेलले भने जारी सिजनमा प्लेअफ खेल्ने टिमको टुंगो दिनेछ। यो सिजनमा दुई टिमले मात्र १६ वा त्यो भन्दा धेरै अंक बनाएर क्वालिफाइ हुनेछ भने बाँकी दुई टिमले १४ अंकमै प्लेअफ खेल्नेछन्।
FACEBOOK COMMENTS