काठमाडौं, बैशाख २६- आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा आएका छन् ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैंठकले लकडाउनकै समयमा उद्योग तथा कार्यालयहरू सर्तसहित खोल्न सकिने जनाएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि खुलेका हुन् ।
बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो ।जोखिमका बाबजुद न्युनतम सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सबै शाखा आजदेखि सञ्चालनमा आएका हुन् ।
राष्ट्र बैंकले भने सेवा सुचारु गर्दा विशेष सावधानी अपनाउन बैंकहरुलाई निर्देशन दिएको छ । सामाजिक दुरी कायम राखेर सेवा प्रदान गर्ने र सुरक्षाका प्रावधानहरु अपनाउन कर्मचारी तथा ग्राहक लगायत सबै पक्षलाई कडाइ गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
तर कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छन् ।
FACEBOOK COMMENTS