काठमाडौं, पुस २९- पश्चिमी वायु सक्रियताका कारण देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ ।
तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिरमात्रै केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।
उक्त वायुको प्रभाव मंगलबार पनि रहनेछ । देशका पश्चिमी भूभागमा सामान्य र पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, पश्चिमी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
FACEBOOK COMMENTS