काठमाडौं,फागुन १३- मगंलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण आज देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ । यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ ।
FACEBOOK COMMENTS