काठमाडौं,फागुन १५- बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमान शाखाले जनाएको छ ।
तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेता पनि स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविदले बताएका छन ।
काठमाडौंमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
FACEBOOK COMMENTS