काठमाडौं । युरोकप २०२० मा स्पेन र क्रोएसिया अन्तिम १६ मा आज भिड्दैछन् र दुवैको नजर क्वाटरफाइनलमा रहेको छ । स्पेनले यसअघि समूह चरणको तीनवटै खेल घरेलु मैदान खेलेको थियो ।
क्रोएसियाविरुद्ध खेल्दा स्पेन पहिलो पटक घर बाहिर खेल्दैछ ।
यी दुई टोलीबीचको खेल डेनमार्कको पार्केन एरिनामा नेपाली समय अनुसार राति ९ ः ४५ बजे सुरु हुनेछ ।
स्पेन समूह ‘इ’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पोल्याण्डसँग १–१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो । यस्तोमा स्लोभाकियालाई ५–० को पराकिलो अन्तरले पराजित गर्दै स्पेनले नकआउटको टिकट काटेको हो ।
उता समूह ‘डी’मा क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ ले हराएर अन्तिम १६ को यात्रा तय गरेको थियो ।
FACEBOOK COMMENTS