काठमाडौं, फागुन १४ – बुधबार पनि देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । हाल देशमा पुर्वी तथा मध्य भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । लगातार दुईदिन पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ। देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भईरहेको छ।
अहिले बदली भएको काठमाडौंको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।
FACEBOOK COMMENTS