काठमाडौं, पुस १८ – देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसमविद् गङ्गा नगरकोटीले भनिन्, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।”
पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाडौंसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चाररपाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताइन्।
FACEBOOK COMMENTS