काठमाण्डौँ – आजदेखि भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ ।
आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो ।
उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।
ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलो पटक भक्तपुरबाट पोखरा सिधा सब सेवा सञ्चालन गरेको हो ।
अब दैनिक बिहान ६ः३० बजे सूर्यविनायकबाट पोखराको लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिए ।

भक्तपुरबाट पोखराका लागि दुई वटा बस सञ्चालनमा ल्याएको बताउँदै उनले यात्रुको संख्या बढेमा अरु बस थप गर्दै लैजाने बताए ।
