काठमाडौँ, असोज १ – भोजपुरमा आजदेखि लकडाउन हटाइएको छ। जिल्ला संकट व्यवस्थापन समतिको हिजोको बैठकले सीमामा कडाइ गर्ने तर लकडाउन भने नथप्ने निर्णय गरे संगै लकडाउन हटेको हो।
लकडाउन हटे पनि तत्काल सैलुन, मठमन्दिर, शैक्षिक संस्था, ब्युटिपार्लर, कवर्डहल, हाटबजार तथा पसलहरू स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी संचालन गर्न पाइने छ।
आजदेखि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि खुल्नेछन्। लेगुवाघाटबाट भोजपुर प्रवेश गर्नेबाहेक अन्य नाका ४ असोजसम्म बन्द रहनेछन्।
विदेशबाट आउने नागरीकलाई होल्डिङ सेन्टरमा राख्ने र अन्य जिल्लाबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।
भोजपुरमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, प्रहरी हिरासतमा रहेका थुनुवासहित तीनजनामा कोरोना पुष्टिपछि २५ भदौबाट एक साताका लागि लकडाउन गरिएको थियो।
FACEBOOK COMMENTS