काठमाडौं – सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ । विश्वलाई नै चुनौति दिइरहेको कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फैलनबाट रोक्न ट्विटरले यस्तो उपाय अपनाएको हो ।
ट्विटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीहरुलाई अनिवार्य रुपमा घरबाटै काम गर्न निर्देश गरेको हो । कम्पनीले विश्वभरि रहेका आफ्ना पाँच हजारबढी कर्मचारीलाई काममा नआउन ‘कडा रुपमा प्रोत्साहित’ गरेको छ ।
ट्विटरले आफ्ना सबै कर्मचारीहरुलाई अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएपछि यस्तो बताएको हो ।
FACEBOOK COMMENTS