कमला भुसाल
काठमाडौं– ढिला भएपनि परिश्रमको फल मिठो हुन्छ भन्ने हाम्रो नेपाली उखान नै छ । तर सच्चा परिश्रम, जोश र जाँगर भएमा त्यो परिश्रमको फल फल्न धेरै समय पनि लाग्दैन । नेपाली समाजमा कतिपय ठाउँहरु छन् जहाँ महिलाहरुलाई केहि काम गर्ने इच्छा जागेर आउँदा पनि आफ्नो क्षमता विकास गर्न पाएका छैनन् ।
नेपाली समाजमा पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको पनि देखिन्छ । आज भन्दा कयौं वर्ष अगाडी केहि गर्छु भन्दा समाजको डरले महिलाले आफ्नो कदम उठाउन नसक्ने अवस्था थियो । यस्तो अवस्थामा पनि समाजसँग जुधेर आफ्नो मनमा पलाएका इच्छा, आकांक्षा, जोश, जाँगरलाई लिएर परिस्थिति सँग जुध्ने मेहेनती र साहशी माहिलाहरू नै सफल हुन्छन ।
पारिवारीक र सामाजिक परम्परा तोडेर अग्रपंतीमा आउनु नै चुनौती रहेको नेपालमा उद्यमी व्यवसायी बन्न झन् कठिन छ । तर,यस्ता चुनौतिको पार गर्दै सफलताको शिखरमा पुग्ने महिलाहरु अहिले धेरै देखिन थालेका छन् । त्यस्ता केहि महिलाहरुको सूचीमा अटाउने नाम हो लक्ष्मी गिरी । उनि एक सफल महिला उद्यमीमात्र नभएर परोपकारी र खेलमा रुची राख्ने महिला हुन् । सानै देखि मेहेनती लक्ष्मी अहिलेकी सफल फेसन डिजाइनर तथा सफल महिला उद्यमी बनेकी छन् ।
सुनसरी जिल्ला दुहबी ५ मा जन्मिएकी लक्ष्मीले काठमाडौंलाई अहिले आफ्नो कर्मथलो बनाएकी छिन । उद्यमी बन्न ठ्याकै यही गुणहरु चाहिन्छ भन्ने हुदैन । तर, इच्छा शक्ति भएका र मेहेनत गर्ने जागर भएका, चुनौतीहरू लिएर काम गर्न मन पराउने, नयाँ योजनाहरू बनाएर आफ्नो मालिक आफै बन्न चाहने जो कोही व्यक्ति सफल उद्यमी बन्न सक्छ भन्ने उनको भनाइ छ । दुहबी सरस्वती उच्च मावि बाट उनले आफ्नो माध्यमिक शिक्षा र इटहरीबाट प्लस टू गरेकी लक्ष्मीले काठमाडौंमा आएर फेसन डिजाइनिङ्ग पढेकी हुन् ।
लक्ष्मी पहाडीया भएपनि मधेसीे समाजको प्रभाव उनको घरमा पनि परेको थियो । जहाँ महिलाले जिन्स पाइन्ट लगाएर हिड्दा पनि अनेक थरी कुरा निस्किने गर्थे । त्यस्तो समाजलाई चिरेर महिला पनि केही गर्न सक्छन् । ठाउँ पाए महिला पनि सक्षम हुन्छन भन्ने कुरालाई आफुले एउटा अठोट लिएर उनी राजधानी छिरेकी थिइन् ।
उनले फेसन डिजाइनिङ्गको यात्रा सुरु गर्ने बेलामा महिलाहरु यस क्षेत्रमा एकदमै न्यून थिए । उनी मधेसी समाजमा जन्मीएकी हुन् । मधेसी समाजमा महिलालाई घर बाहिरको व्यवहार गर्न एकदमै कठिन अवस्था थियो । त्यस समाजका महिलाहरु घुम्टो लगाएर बाहिर निस्कनुपथ्र्यो । लक्ष्मी पहाडीया भएपनि मधेसीे समाजको प्रभाव उनको घरमा पनि परेको थियो । जहाँ महिलाले जिन्स पाइन्ट लगाएर हिड्दा पनि अनेक थरी कुरा निस्किने गर्थे । त्यस्तो समाजलाई चिरेर महिला पनि केही गर्न सक्छन् । ठाउँ पाए महिला पनि सक्षम हुन्छन भन्ने कुरालाई आफुले एउटा अठोट लिएर उनी राजधानी छिरेकी थिइन् ।
उनी राजधानी छिरेपश्चात फेसन डिजाइन कोर्ष पढ्न थालिन् । सानैदेखि फेसन डिजाइनर बन्न मन पराउने उनले अरु कसैको डिजाइन कपी नगरी आफ्नै शैलीमा नयाँ डिजाइन बनाउँछिन । सानो छँदा फेसन डिजाइनर बन्ने रहर बोकेकी लक्ष्मीले आफ्नो मन बाट जे आउँछ त्यहि कुरा कापीमा कोर्ने र टेलरमा मास्टरलाई त्यही डिजाइन बनाउन दिने गरेको अनुभव सुनाईन् ।
उनले २००७ मा इन्डियन एडुकेशन सेन्टर बागबजारबाट फेसन डिजाइनिङ्ग कलेज सुरु गरेर सात महिना इन्टन गरेपछि आफ्नै व्यापारतर्फ लागेकी हुन् । उनले फेसन डिजाइन सिक्दा करिब साढे ४ लाख रुपैयाँ लगानी गरेकी थिइन् ।
उमेरले ३० वर्ष नाघेकी उनी निकै उत्साह बोकेर विगत १० वर्षदेखि री–ब्लूम फेसन बुटिकलाई निरन्तरता दिएकी छन् । उनले विशेषगरी नेपाली कपडालाई प्रोत्सहन दिने गर्छिन । अल्लोको दौरा सुरवाल, कोट, सर्ट, पाइन्ट, टोपी लगाएतका विभिन्न खालका नेपाली कपडाहरु उनले उपलब्ध गराउने गर्छिन ।
१० वर्ष अगाडी करिब साढे चार लाख रुपैयाँ खर्च गरेर फेसन डिजाइनिङ्ग सिकेकी लक्ष्मी अहिले आर्थिक रुपमा पनि आफु अब्बल भएको बताउँछिन् । उनले फेसन डिजाइनिङ्गमा डिप्लोमा २ बर्षको कोर्ष लिएकी थिइन् ।
उनले करिब ३५ वर्षको उमेरमा लामो संघर्ष र थुप्रै अनुभवहरु बटुलेकी छन् । उनी कहिले विभिन्न संघ–संस्थामा आवद्ध रहेर काम गरिन् त कहिले शिक्षण पेशातर्फ लागिन् । सानैदेखि एउटै रहर बोकेकी लक्ष्मीले २०६६ सालमा काठमाडौंमा बुटिक स्थापना गरेकी हुन् ।
सानै उमेरमा विभिन्न कुराहरुमा सक्रिय रहेको बताउँदै उनले १९ वर्षको उमेरमा दिल्लीमा गएर इन्टरनेसनल गोल्डकप खेलेकी पनि बाताइन् । जेशिस संस्थामा आवद्ध रही केही समय विभिन्न संघ संस्थामार्फत तालिमको प्रशिक्षण गरेकी थिइन् । हरेक क्षेत्रमा सक्रिय हुने लक्ष्मीले महिला उद्यमीको विभिन्न तालिम पनि संचालन गरेकी थिइन् । र अहिले पनि यस्ता तालिमहरु उपलब्ध गराउने गर्छिन । उनी अहिले घरेलु उद्योग महासंघको केन्द्रिय महिला कोषाध्यक्ष हुन् । पहिला सदस्य रहेकी उनले कार्यकाल समय समाप्त भएसंगै महिला कोषाध्यक्षको पद सम्हालेकी हुन् ।
री–ब्लूम बुटिक संचालनमा आएको १० वर्ष अवधिमा उनले निकै राम्रो प्रगति गरेकी छन् । ‘बुटिक खोल्ने बेलामा म सँग जम्मा ८० हजार रुपैयाँ थियो तर बुटिक खोल्दा साढे १० लाख रुपैयाँ लगानी गर्नुपरेको थियो।’
त्यसबेला सहकारी र विभिन्न पसले व्यापारीको सहयोगमा उनले पुँजी जुटाएर आफ्नो व्यवसाय संचालन गरेकी थिइन् । आफुसँग जम्मा ८० हजार रुपैयाँ र ऋण गरि व्यवसाय सुरु गरेकी गिरीले अहिले पुँजी ३५ लाख भन्दा बढी पुगेको बताउँछिन ।
यस व्यवसायबाट उनले प्रत्यक्ष्य र अप्रत्येक्ष्य रुपमा धेरैलाई रोजगारी पनि दिएकी छन् । उनले बुटिक सञ्चालन गर्ने बेलामा काठमाडौंको नयाँ बानेश्वरको एरिया छान्दा मध्यमवर्गीयको लागि भनेर क्षेत्र छानेकी थिइन् ।
गिरीले यस व्यवसायबाट नेपाली कपडालाई प्रोत्साहन दिँदै उत्कृष्ट श्रेणीमा पर्न सफल भएकी छन् । २०७१ सालमा उनले नेपाली कपडालाई प्रोत्साहन गरेको भन्दै घरेलु उद्योग महासंघले अवार्ड प्रदान पनि गरेको थियो ।
रि–ब्लुम बुटिक मार्फत ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नारालाई लिएर उनले नेपाली कपडा उद्योग र नेपाली कपडालाई विभिन्न खालका डिजाइनमा कपडाहरु उत्पादन गर्ने गर्छिन । उनको पसल घरेलु उद्योगमा दर्ता भएको हो ।
आज भन्दा केही वर्ष अघि मान्छेहरु बुटिक सम्म जान हिच्किचाउने बताउंदै उनीहरुलाई बुटिक जाने बानी पार्नको लागि पनि आफुले बुटिक संचालनमा ल्याएको उनको भनाई छ । गिरीले यस व्यवसायबाट नेपाली कपडालाई प्रोत्साहन दिँदै उत्कृष्ट श्रेणीमा पर्न सफल भएकी छन् । २०७१ सालमा उनले नेपाली कपडालाई प्रोत्साहन गरेको भन्दै घरेलु उद्योग महासंघले अवार्ड प्रदान पनि गरेको थियो ।
उनले सिस्नु , गाँजा, अल्लो र बाँसका रेशाहरुबाट विभिन्न खालका डिजाइनका लुगाहरु बनाउने गर्छिन । गिरीले उत्पादन गरेका विभिन्न डिजाइनका लुगाहरु देशमा मात्र नभएर विदेशका विभिन्न ठाउँहरुमा पनि प्रख्यात रहेका छन्। अहिले पनि उनी आफुले उत्पादन गरेका नेपाली डिजाइनका लुगाहरु प्रख्यात रहेको बताउंदै हाल हुन लागेको प्रिजेन्ट इन्टरनेसनल अवार्डको टप ६ मा मनोनयनमा पर्न सफल भएकी छन् ।
उनले नेपाली वस्तुलाई प्रोत्साहन दिन लगभग १५–२० वटा जिल्लाबाट नेपाली कपडा बनाउने सामानहरु ल्याउने गर्छिन । दार्चुला, गुल्मी, पर्वत, भक्तपुर, संखुवासभा, चैनपुर, काठमाडौंको, ललितपुर लगाएतका विभिन्न ठाउँबाट अल्लो, खाडी, सुति र ढाका जस्ता बस्तुुहरु ल्याएर नेपाली कपडा उत्पादन गर्ने गर्छिन ।
प्राकृतिक रेशाबाट बनेका लुगाहरूलाई उनले बढी प्राथमिकता दिए हुनाले सरकारी लेवलका कर्मचारी, भलाद्मीहरुदेखि लिएर सिनेमा जगतका कलाकार र अन्य मिडिया क्षेत्रका मानिसहरु सिधै उनीकहाँ पुग्ने गर्दछन । लक्ष्मीलाई विशेषगरी पुरुषको डिजाइन गर्ने डिजाइनर भनेर चिनिने गर्दछ ।
नेपाली ढाकाको लुगा विदेशमा पनि प्रख्यात रहेको छ । पहिलेको तुलनामा नेपालीले स्वदेशी कपडालाई प्राथमिकता दिन थालेको बताउंदै उनले खुशी पनि व्यक्त गरिन । प्राकृतिक रेशाबाट बनेका लुगाहरूलाई उनले बढी प्राथमिकता दिए हुनाले सरकारी लेवलका कर्मचारी, भलाद्मीहरुदेखि लिएर सिनेमा जगतका कलाकार र अन्य मिडिया क्षेत्रका मानिसहरु सिधै उनीकहाँ पुग्ने गर्दछन । लक्ष्मीलाई विशेषगरी पुरुषको डिजाइन गर्ने डिजाइनर भनेर चिनिने गर्दछ ।
उनले ग्राहकलाई अरुको फोटो र अरुको डिजाइन देखाएर कहिल्यैपनि समान उत्पादन नगरेको दाबी गर्छिन । ’डिजाइनर भनेको अरुको फोटोकपी गर्ने होइन आफैले डिजाइन गर्न सक्नुपर्छ ।’ यस्तै अठोटले गर्दा उनले फेसन डिजाइनको व्यवसायमा ग्राहकको मन आफूतिर तानेकी छन् । उनले व्यापारलाई मात्र ध्यान नदिएर ग्राहकको इच्छा, चाहनालाई बुझेर र उनकै अगाडी बसेर डिजाइन चित्र खिचेर समान उत्पादन गरि ग्राहकको मन जितेकी छन् ।
गिरीले ग्राहकलाई चित्र देखाएर कन्भिन्स गरेर मात्र समान बेच्ने गरेको बताउँछिन । ‘जस्तो लेखकको आफ्नो सृजना हुन्छ त्यस्तै डिजाइनरको पनि आफ्नै सृजना हुनुपर्छ । पहिला पेपर र पेन्सिलले डिजाइन कोर्न सक्नुपर्छ अनिमात्रै यस व्यवसायमा टिक्न सकिन्छ ।’
उनले ६–७ वर्ष अघिदेखि नै ढाकाको डिजाइन निकाल्न सिकेकी थिइन् । नेपाल सरकारले पनि प्राकृतिक रेशालाई प्रोत्सहान दिए पनि सबै ठाउँमा यस्ता चिजहरु भेटाउन गाह्रो हुने हुनाले उनको पसलमा नेपाली कपडा खोज्न जानेको संख्या पनि बढी देखिन्छ ।
यसरी नेपाली कपडालाई प्रोत्सहान दिन भने गाह्रो भएको उनको भनाई छ । एक त सामान पाउन गाह्रो,नेपालभरीका विभिन्न ठाउँबाट सामान जुटाउनुपर्ने र बुन्न पनि समय लाग्ने हुनाले यो व्यवसायमा केही कठिनाई पनि हुने उनी बताउँछिन् । कहिले एउटै क्वालिटीको कपडा नपाउने, कहिले त प्राकृतिक चिजहरु उत्पादन हुँदैन यस्तो अवस्थामा अडर आएको सामान भनेको समयमा दिन नसक्दा गाह्रो हुने उनको गुनासो छ ।
गिरीले नेपाली कपडालाई बढी प्रोत्सहन दिनको लागि उद्योग र उत्पादन बढाएरमात्र नहुने बताउँछिन । ‘हरेक नेपालीले एक न एक वटा नेपाली उत्पादनका वस्तुहरु किन्नुपर्छ विदेशीले त नेपाली वस्तुहरु प्रयोग गर्छन भने नेपालीले चाहिं किन नगर्ने ? नेपाली कपडालाई प्रोत्सहान दिने भनेर मात्र हुँदैन हरेक नेपालीले सानो डायरी, सानो पर्स अथवा अन्य कुनै सानै चिज जे होस् बोक्नुपर्छ। अनि मात्र नेपाली उत्पादन र नेपाली कपडाको प्रोत्साहन हुन्छ ।’
FACEBOOK COMMENTS