काठमाण्डौं — नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनले १८ करोड ६६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको अभियोग छ ।
पत्नी शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत अवैध सम्पत्ति लुकाएको दाबीसहित तिनलाई प्रतिवादी बनाइएको छ ।
खड्कालाई तीन वर्षसम्मको जेल, विगो जफत र त्यति नै रकम बराबर जरिवानाको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।
खड्काले विभिन्न व्यक्तिको नाममा खरिद गरेको सात करोड रुपैयाँभन्दा बढीको सम्पत्तिसमेत जफतको माग गरेको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS