काठमाडौं, वैशाख २० । नेपाल आयल निगमलाई १५ दिनमा एक अर्ब रुपैयाँ घाटा हुने भएको छ । इन्डियन आयल कर्पोेरेशनले आइतबार बेलुका पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले १५ दिनमा एक अर्ब घाटा ब्यहोर्ने भएको हो ।
निगमलाई यो घाटा इन्डियन आयल कर्पोेरेशनले अर्को मूल्यसूची नपठाउँदासम्मका लागि हुनेछ । खासगर, भारतीय निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलामा प्रतिलिटर ८.८६ रुपैयाँ र डिजेलमा ३.४२ रुपैयाँ घाटा छ ।
यसैगरी, एलपी ग्यासमा प्रतिलिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा छ। जसकाण, निगमले सबैभन्दा धेरै घाटा खाना पकाउने एलपी ग्यासबाट ब्यहोर्दै आएको छ।
FACEBOOK COMMENTS