काठमाडौं, १७ कार्तिक – आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६÷७७ को प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
कम्पनीको भदौ २२ गते विहान बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैै उक्त वर्षको वित्तीय विवरण समेत राष्ट्र बैंकका स्वीकृतिका लागि पेश गरेको थियो । कम्पनीले सोमबार नेप्सेमा सुचना जारी गर्दै राष्ट्र बैंकले कात्तिक १३ गतेनै स्वीकृति प्रदान गरेको जानकारी दिएको हो । अब कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात यो लाभांश वितरणयोग्य हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिने प्रस्ताव गरेको हो । यस कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. २८ करोड ५१ लाख भन्दाबढी बढी खुद नाफा गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २२ रूपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS