काठमाडौं– आर्थिक वर्षको पहिलो तीन महिनामा माछपुच्छ्रे बैंकले ३८ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ।
गत वर्षको यहि अवधिको तुलनामा ३७ प्रतिशतले नाफा बढाएको बैंकले निक्षेप संकलन र ऋण लगानी दुबैलार्इ बढाएको छ।
बैंकले तीन महिनामा ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको छ।
गत वर्षको यहि अवधिमा बैंकले ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
खुद व्याज आम्दानी ४७ प्रतिशतले बढेर ८४ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ।
पूँजी कोष अनुपात १४.३६ प्रतिशत छ भने खराव कर्जा ०.४७ प्रतिशत छ।
FACEBOOK COMMENTS