काठमाडौं – आल्मुनियमको फाइल सहरी जीवनको महत्वपूर्ण हिस्सा बन्दै छ । यसलाई खाना, तरकारी, मासु वा अन्य खाद्यपदार्थ प्याक गर्न प्रयोग गरिन्छ । मानिसको व्यस्त जीवनमा समय बचतका लागि पनि यस्तो गरिन्छ । किनभने, मानिसलाई भाँडा माझ्ने फुर्सद पनि छैन । तर, लामो समयसम्म आल्मुनियममा खाना राख्दा खाना खराब मात्र हुँदैन, पोषण तत्व पनि उडेर जान्छ । यसको कम प्रयोगले स्वास्थ्यमा त्यति धेरै असर नपार्ने भए पनि बढी प्रयोग भने हानिकारक मानिन्छ ।
विकासशील मुलुकमा आल्मुनियमको अत्यधिक प्रयोग गरिन्छ । आल्मुनियमको भाँडामा खाना पकाउँदा त त्यति धेरै असर गर्दैन तर आल्मुनियम फाइलमा खाना प्याक गर्नु भने स्वास्थ्यका लागि हितकर मानिदैन ।
आल्मुनियमले शरीरका विकारलाई सजिलै हटाउँछ । तर, यसको बढी प्रयोग भने घातक बन्छ । यसको बढी प्रयोगले अल्मराइजबाट पीडित मानिसको ब्रेन टिस्युमा आल्मुनियमको मात्रा बढ्छ । अनुसन्धानले भनेको छ कि आल्मुनियमले दिमागको विकासलाई प्रभावित तुल्याउँछ ।
हाडको समस्याबाट ग्रसित मानिसका लागि पनि आल्मुनियम घातक बन्छ । यो हाडको समस्या थप बल्झाउने कारक बन्छ । विश्व स्वास्थ्य संघको रिपोर्टअनुसार प्याकिङ गरेको आल्मुनियमको फाइलबाट खानामा आवश्यकभन्दा बढी आल्मुनियम सर्छ ।
मसलेदार खानाले त भारी मात्रामा आल्मुनियम ग्रहण गर्छ । जुन खानाको प्रयोग मानिसका लागि हानिकारक साबित हुन्छ । यदि खाना राख्न वा खानालाई न्यानो गराउन आल्मुनियमको डब्बा प्रयोग गर्नुभएको छ भने त्यसको सट्टा काँचको भाँडा प्रयोग गर्न विज्ञ सुझाउँछन् ।
यदि आल्मुनियमको फाइलमा बाध्यतावश खाना प्याक गर्नुपरेमा चिसो मात्र गर्नुपर्छ, त्यो पनि निकै कम समयका लागि । खाना जति बढी मसलेदार छ, त्यति नै बढी आल्मुनियम ग्रहण गर्छ ।खाना न्यानो बनाउनका लागि बजारमा विभिन्न थरीका आल्मुनियम डब्बा उपलब्ध छन् । त्यस्ता डब्बाको माथिपट्टि खानालाई खराब हुनबाट रोक्ने वस्तु राखिएको हुन्छ । पटक–पटक भाँडा सफा गर्दा त्यस्तो वस्तुको गुण पनि नष्ट हुँदै जान्छ । एजेन्सी
FACEBOOK COMMENTS