काठमाडौं, पुस ७ – महालक्ष्मी विकास बैंकले घर खरिद तथा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जामा विशेष सुविधा योजना ल्याएको छ ।
बैकले यस कर्जा योजना अन्तर्गत रहेर ऋणिका लागि निर्माण लागतको अधिकतम ९०% सम्म कर्जा प्रवाह गर्ने छ, भने घर खरिदमा अधिकतम ७०% सम्म कर्जा लगानी गर्ने छ ।
कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु बैकले प्रदान गर्ने छ ।
बजारमा हुनसक्ने उतार चढावबाट ऋणिलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत रहने छ । यो सुविधा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
देशभर १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
FACEBOOK COMMENTS