काठमाडौं, मंसिर ३० – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू क्वारेन्टाइनमा बस्ने भएका छन्। कोरोनाभाइरस संक्रमित सहकर्मीको सम्पर्कमा आएका कारण उनी क्वारेन्टाइनमा बस्ने भएका हुन्।
टाइम्स अफ इजरायलकाअनुसार नेतान्याहू शुक्रवारसम्म अलग्गै रहनेछन्। यद्यपि आइतबार र सोमबार दुईपटक गरिएको स्वास्थ्य परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।
हिब्रु मिडियाका अनुसार नेतान्याहूले पछिल्लो हप्ता पूर्व लिकुड एमके माइकल क्लाइनरसँग भेट गरेका थिए। जसको पछि स्वास्थ्य परिक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। अप्रिल पछि नेतान्याहू क्वारेन्टाइनमा बसेको यो तेस्रो पटक हो।
वोर्ल्डोमिटर्सको तथ्यांक अनुसार इजरायलमा हालसम्म ३ लाख ६० हजार २ सय ९७ जना कोरोना संक्रमित रहेका छन् भने मृत्युहुनेको संख्या ३ हजार ४ रहेको छ। त्यसैगरी, इजरायलमा अहिले सक्रिय संक्रमित १८ हजार ६ सय ५१ जना रहेका छन्।
FACEBOOK COMMENTS