काठमाडौं, चैत १५ – इटालीमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेदा पनि मानिसको मृत्यु हुने संख्या दिनानुदिन बढी रहेको छ । इटालीमा कुल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ
कोरोनाको कारण स्पेनमा पनि मृतकको संख्या दिनप्रति दिन बढी रहेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय ७३ पुगेको छ । यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ ।
त्यसै गरी विश्वभर कोरोना संक्रमितको संख्या ५ लाख ९७ हजार एक सय ८५ पुगेको छ भने संक्रमित मध्य एक लाख ३३ हजार ३ सय ६० जना निको भएर घर गइसकेका छन् । ्हालसम्म कोरोना भाइरसका कारण २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS