काठमाडौं,चैत १६- इटालीमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या दश हजार नाघेको छ । अहिलेसम्म इटालीमा १० हजार २३ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएको छ । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् ।
मृत्यु हुनेमा अधिकांश उत्तरी क्षेत्र लोम्बार्दीका छन् । लोम्बार्दीसहितका इटालीको उत्तरी क्षेत्रमा संक्रमण भयावह रुपमा फैलिएको छ ।
युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ८सय ३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा कोभिड १९ का कारण ५ हजार ८ सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।हाल सम्म स्पेनमा ७२ हजार २सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्य १२ हजार २ सय ८५ जना निको पनि भएका छन् ।
अमेरिकामा पनि कोरोना भाइरस संक्रमण तिव्र रुपमा भइरहेको छ । अमेरिकामा संक्रमितको संख्या भन्दा इटालीमा भन्दा बढी रहेको छ । अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार भन्दा बढी पुगेको छ र मृत्यु हुनेको संख्या २२ सय भन्दा बढी छ ।
FACEBOOK COMMENTS