काठमाण्डौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएपछि निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेर र मटीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ पुगेको छ भने डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ ।
निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS