काठमाण्डौँ — इलाम नगरपालिकाले आउने पौष २० गते शुक्रबार सदरमुकाममा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजन गरिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो।
सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी–व्यवसायीलगायतको सहभागिता रहने प्रमुख बस्नेतले बताए।
मेयर बस्नेतका अनुसार सदरमुकामको गौतमबुद्ध सभागृहमा सम्मेलन उद्घाटनपछि विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ
FACEBOOK COMMENTS