काठमाण्डौँ — इलाममा आगामी आइतबार लगानी सम्मेलन हुने भएको छ ।
इलाम नगरपालिकाले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आगामी कार्तिक २५ गते इलाममा लगानी सम्मेलन गर्न लागिएको जानकारी गराएको हो ।
लगानी सम्मेलनका लागि इलाम नगरपालिकाका मेयर महेश बस्नेतको संयोजकमा ५ सदस्यीय समिति समेत गठन भइसकेको छ ।
इलामका सबै स्थानीय तहमा लगानी मैत्री वातावरण बनाउन पनि लगानी सम्मेलन गर्न लागिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए ।
FACEBOOK COMMENTS