-उज्वलजंग शाह, कोरोनाको संकट भारतीय भुमि तिर मडारी रहेको थियो । नेपालमा त्यसको असर खासै शुरु भै सकेको थिएन । मिडियाहरु बाहिरी आवत जावतलाई कडाईका साथ ब्यवस्थापन गर्न भन्दै थिए । तर, सरकारका पर्यटन मन्त्री कोरोना नेपालमा नभएको भन्दै भिजिट नेपालको प्रचार प्रचार गर्दै थिए । नेपाल सरकार यतिसम्म कानमा तेल हालेर बसिरहयो जब ईन्डीयामा कोरोनाको प्रकोप बढ्यो बुझन सुझ सरकारले नेपालमा लकडाउन लगाई दियो ।
मिडियाहरु विज्ञ टोली बनाउ भन्दै थिए तर सरकारले कानमा तेल हालेर सबै बन्द गरेर घरमै बस भन्यो । सरकारको उर्दी पनि सबैले माने । जब भारत हुदै नेपालमा कोरोनाको कहर मडारीन थाल्यो सरकार सबै क्षेत्र खोल्ने तर्फ उन्मुख हुन थाल्यो । ७२ दिन पछी सरकारले केही राहत नदिने देखे पछी साना ब्यवसायीहरु रुणले सय प्रतिसत मोर्ने तर कोरोनाले त बाच्ने आश पनि हुन्छ भनेर कोरोनाको सामना गर्न तयार भएका छन् । यस्तो परीस्थीती श्रृजना हुदाँ समेत सरकारले राहत प्याकेज ल्याएर ब्यापारीहरुलाई केहि समय धैर्य गर्न भन्न किन सक्दैन ? मझौला ब्यापारीको समस्या भनेको घर भाडा र कर्मचारीको तलब नै हो ।
यस्तो अवस्तामा सरकारले ती ब्यवसायहरुको घर भाडा मिनाहा घोषणा र ति घर धनीहरुको बैंकको ब्याज मिनाहा गर्न किन सक्दैन ? सरकारले चाहेको खण्डमा नेपाल जस्तो सानो मुलुकमा यो कुनै ठुलो कुरा होइन तर सरकार किन चाहदैन जनपक्ष निणय गर्न, कसले रोकेको छ प्रधानमन्त्री ज्यू तपाईंलाई ? अहिलेको अवस्थामा यो स्थीतिलाई सरकारले नियन्त्रणमा नलिने हो भने नेपाल ईटली बन्ने पक्का छ । १० औं हजार लासहरु यत्रतत्र हुनेछन् । मोर्ने त मोरेर जालान तर प्रधानमन्त्री ज्यू बाच्नेले तपाईलाई कहिल्यै क्षमा गर्ने छैनन् । ईतिहासमा तपाईले गरेको त्याग तपस्या १४ वर्ष लामो जेल जीवन सबै ओझेल पर्ने छन, इमान स्खलित हुनेछ, जन विश्वास डगमगाउने छ । अनि तपाईंको नाम ईतिहासको खल पात्रमा दर्ज हुनेछ ।
FACEBOOK COMMENTS