काठमाण्डौँ — सरकारले ५२ लाख अमेरिकी डलरको पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु अनुकूलन आय आर्जन सम्बन्धी (ईबिए) परियोजना संचालन गर्ने तयारी गरिरहेको छ ।
वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनको कारण जोखिममा रहेका तीनवटा जिल्लाका ११ वटा स्थानीय तहमा ईबीए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
अछाम, सल्यान र दोलखा जलवायु परिवर्तनका हिसाबले बढी जोखिम रहेकाले ईबीए कार्यक्रम सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि अतिविकसित राष्ट्रको जलवायु कोषले अनुदान स्वरुप रकम उपलब्ध गराउन लागेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले बताए ।
— कारोबार
FACEBOOK COMMENTS