काठमाडौं, ०१ पुस – मानिस एक काम अनेक भने जस्तै सौन्दर्य प्रतियोगिता, अवार्ड शो लगायत विभिन्न ईभेन्ट आयोजनाको क्षेत्रमा काम गरेर सफलताको शिखर चुम्दै गरेका बहु प्रतिभाका धनि साथै सफल युवा व्यवसायी हुन् डेभिल सिंह राजपुत । पछिल्लो समय आफ्नो ब्यापार ब्यबसायसंगै संचार क्षेत्र, मोडलिङ क्षेत्र, म्युजिक भिडियो निर्देशन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता, अवार्ड कर्यक्रमहरुको सफल आयोजना गरेर चर्चा कमाएका डेभिल सिंह राजपुत पछिल्लो समय डिजिटल अनलाईन भोटिङको क्षेत्रमा ग्लोबल अनलाईन पे ले ल्याएको सहजताको कारण चर्चामा आएका छन् । बिरेन्द्र बजार-४ धनुषा जनकपुरका स्थायी बासिन्दा युवा व्यवसायी डेभिल सिंह राजपुत बिगत लामो समय देखि राजधानीलार्इ कर्मथलो बनाएर ब्यापार, ब्यबसाय, मोडलिङ तथा ईभेन्ट अर्गनाइजरको भुमिकामा सक्रिय रहँदै आएका छन् ।
नेपाली सौन्दर्य प्रतियोगिताको जगतमा विल्कुलै फरक तवरले अघि बढिरहेका राजपुतले मोटोपना भएका महिला तथा पुरुषहरुलाई लक्षित गर्दै नेपालमै पहिलोपटक सुपर प्लस साईज मोडल नेपाल तथा मिस्टर प्लस साईज नेपाल आयोजना गरी शारिरिक बनावटले मात्र मानिसको सौन्दर्यता प्रस्तुत गर्छ भन्ने भ्रम तोड्न सफल भएका छन् । नेपालमा बढ्दै गईरहेको विभिन्न अवार्ड तथा सौन्दर्य प्रतियोगिताहरुलाई ब्यबस्थित गर्दै अवार्ड र सौन्दर्य प्रतियोगिताहरुलाई छुट्टै उचार्इमा पुर्याउन र सौन्दर्य प्रतियोगिताको महत्वलार्इ अझ फराकिलो बनाउँदै सम्पुर्ण सौन्दर्यप्रेमीहरुको लागि स्थान तयार गर्न लागि पर्दै आएका छन् । युवा व्यवसायी डेभिल सिंह राजपुतले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरि मोडल बन्न चाहनेहरुको लागि मोडल सङ्गस नेपाल नामको कंपनी मार्फत लगानी गर्दै थुप्रैलाई उपयुक्त अवसर प्रदान गर्दै आएका छन ।
मोडल सङ्ग्स नेपाल तथा ग्लोवल अनलाईन पे का प्रबन्ध निर्देशक रहेका राजपुतले प्रतिभा भएर पनि पछि परेका व्यक्तिहरुको क्षमता तथा प्रतिभालाई उजागर गर्ने काममा सकृय रहदै आएका छन । राजधानी केन्द्रित रहेका सौन्दर्य प्रतियोगिताहरुलाई मोफसलसम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै आएका राजपूतले देशैभर लुकेर रहेका प्रतिभाहरुको खोजीमा आफूलाई अभ्यस्त गराउँदै आएका छन् । साथै, प्रतिभाको उचित मुल्यांकन गर्दै तिनको प्रस्फुटन तथा प्रवर्द्दनमा योगदान पुर्याउदै आएका राजपुतले सन् २०२० को सुरुवातमा नै राजधानीमा सौन्दर्य प्रतियोगिता ‘फेस अफ द नेसन, २०२०’, ‘सुपर प्लस साईज मोडल, २०२०ू’साथै मकवानपुरमा ‘मिस्टर एण्ड मिस मकवानपुर आईडल’ र ‘मकवानपुर लिटल स्टार २०२०’ आयोजना गर्ने भएका छन । मोडल बन्न इच्छुक मुलुकभर छरिएर रहेका युवा युवतीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत समेट्दै उनीहरुलाई नेपाली सिने नगरीमा स्थापित गराउदै आएका उनले भविष्यमा नेपाली मोडलिङ क्षेत्रलार्इ थप उचाईमा पुर्याउन आफू अहोरात्र खट्निे प्रण गरेका छन् ।
समय अनुसार परिवर्तित नेपाली मोडलिङ क्षेत्रलाई थप ब्यबस्थित गरि अन्तराष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रमा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै उनीहरुको भविष्यको लागि कोशेढुंगा बन्ने सोच लिएका युवा व्यवसायी राजपुत यस क्षेत्रको लागि एक र्इमान्दार, मेहनती र सक्षम युवा व्यवसायीको रुपमा समेत परिचित छन । लहलहैमा लागेर भन्दा पनि आफुले रोजेको व्यवसायको सफलताको सम्भाब्यता र क्यास फ्लोको विचारको साथसाथै कुनै पनि बिजनेस किन्दा वा सुरु गर्दा बिजनेस प्लान बनाउने र यस्तो बिजनेस गरी राखेका अन्य व्यक्तिहरूको अनुभव र सल्लाहलाई मध्यनजर गर्दै अगाडि बढ्न सके नेपालबाट कुनैपनि युवाहरु पलायन हुनुपर्ने अवस्था नआउने राजपुतको बुझाई छ ।
FACEBOOK COMMENTS