काठमाडौं, २५ कार्तिक- कृषि अभियन्ता उद्धव अधिकारीले उखु किसानलाई बक्यौता भुक्तानी दिन माग गरेका छन् । सामाजिक संजालमा आफ्नो विचार राख्दै किसानले उत्पादन गरेको उखुको भुक्तानी जतिनै आन्दोलन गरेपनी आज सम्म पाउन नसकेकोमा रोष व्यक्त गरेका छन् । अधिकारीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्
“उखु किसानको बक्यौता भुक्तानी गर” उखु खेती हुने देशहरुमा नेपाल ३३ औं स्थानमा पर्दछ । हाम्रो देशको सन्दर्भमा उखु खेतीको लागी ८१००० हेक्टर जमिनमा प्रतक्ष्य अप्रत्यक्ष १४ लाख किसानहरूको संलग्नता रहेको छ । तर दुखको कुरा २०७४ साल देखी प्रतिकट्ठा ४००० रूपैयाँ लगानी गरेर किसानले उत्पादन गरेको उखुको भुक्तानी किसानले जतिनै आन्दोलन गरेपनी आज सम्म पाउन सकेका छैनन ।
सरकारले उखु उत्पादक लाइ दिएको अनुदान समेत तिनै चिनी मिलका मालिकहरूकै खल्तीमा पठाउने र चिनी मिलबाट किसानको भुक्तानी गराउन नसक्ने सरकारबाट कृषिको ब्याबसायिकरण, औद्योगिकीकरण को गफ लगाउनुको औचित्य कती रहला ?
FACEBOOK COMMENTS