काठमाण्डौँ —उखु किसानहरुले तत्काल आन्दोलन फिर्ता लिएका छन ।
उनीहरुले मंगलबार सडक जाम गर्न उत्रिएका थिए।
२०७३ मा खेती गरेको उखुको सरकारी अनुदान चालु आवमा समेत नपाएका किसानले मंगलबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा आधा घन्टा चक्काजाम गरे।
प्रमुख जिल्ला अधिकारी, कोष तथा लेखा नियन्त्रक, चिनी उद्योग व्यवस्थापन लगायतसँग सहमति भएपछि किसानले तत्काललाई थप आन्दोलन समेत स्थगित गरेका छन्।
उखु किसानसम्बद्ध संघ–संगठनका प्रतिनिधिबीच सात दिनभित्र सरकारी अनुदान भुक्तानी गरिसक्ने सहमति भएपछि किसानले तत्काललाई आन्दोलन फिर्ता लिएका हुन्।
— नागरीक
FACEBOOK COMMENTS