काठमाडौँ — उखुको न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन सकेको छैन ।
सरकारले तोकेको न्यूनतम मूल्यमा चिनी उद्योगीहरूले कृषकको उखु खरिद नगरेपछि किसान समस्या परेका छन् ।
न्यूनतम मूल्य कार्यान्वयनमा सरकारले चासोसमेत नदेखाएको गुनासो किसानको छ ।
मन्त्रिपरिषद् बैठकले पुसमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो ।
यसमा ६५ रुपैयाँ २८ पैसा सरकारले कृषकलाई अनुदान उपलब्ध गराउने र चिनी उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा प्रतिक्विन्टल दिनुपर्ने तोकेको थियो ।
सरकारी मूल्यमा उद्योगीले कृषकसँग उखु खरिद गरे नगरेकोबारे अनुगमन निरीक्षणसमेत भएको छैन ।
— कान्तिपुर
FACEBOOK COMMENTS