काठमाडौं, कात्तिक ३० – उत्तर कोरिया र रुसका ह्याकरहरुले कोरोना भाइरसबारे काम गरिरहेका संस्थालाई निशानामा राखेको माइक्रोसफ्टले बताएको छ । माइक्रोसफ्टका अनुसार उत्तर कोरिया तथा रुसका सरकार समर्थित ह्याकरहरुले कोभिड १९ को भ्याक्सिनलाई टार्गेट गरेका छन् ।
रसियाको ह्याकर समूह ‘फेन्सी बियर’ तथा उत्तर कोरियाको ह्याक समूह ‘जिंक’ र ‘सेरियम’ हालै भएको साइबर हमलामा संलग्न भएको पाइएको माइक्रोसफ्टले जनाएको छ ।
यसअघि बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि रुसका ह्याकहरुले भ्याक्सिन रिसर्चलाई टार्गेट गरेको बताएको थियो । तर रुसले भने यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।
भारत, फ्रान्स, क्यान्डा, दक्षिण कोरिया, अमेरिकाका भ्याक्सिन रिसर्चहरु पनि टार्गेटमा रहेका थिए । माइक्रोसफ्टले सात औषधि उत्पादक कम्पनीहरुको प्रवेश गर्ने प्रयास गरेको पत्ता लगाएको थियो ।
FACEBOOK COMMENTS