काठमाडौं, १२ मंसिर – दक्षिण कोरिया र चीन उत्तर कोरियाको आणविक कार्यक्रम सम्बन्धी अवरुद्ध वार्तामा सघाउन र उच्चस्तरीय वार्तापछि चिनियाँ राष्ट्रपति सी जिनपिङको दक्षिण कोरिया भ्रमणका लागि तयारी गर्न सहमत भएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले चिनियाँ उच्च कुटनीतिज्ञ वाङ यीसँग बिहीबार साँझको भेटको क्रममा यस्तो कुरा सार्वजनिक गरिएको हो । साथै कोरियाली शान्ति वार्ताका लागि रचनात्मक भूमिका र सहयोगका लागि दक्षिण कोरियाले कृतज्ञता प्रकट गरेको छ ।
दक्षिण कोरियाली नेता मुनले आफ्नो सरकारले कोरियाली प्रायद्वीपमा युद्ध अन्त्य गर्ने प्रयास नरोक्ने भन्दै आणविक निशस्त्रीकरण र स्थायी शान्ति स्थापनाका लागि पहल गर्ने बताए । साथै कोरियाली प्रायद्वीपको समस्या समाधान संवादबाट गरिनुपर्ने पनि उनको भनाइ थियो । र युद्ध र द्वन्द्व रोकेर मात्रै प्रायद्वीपमा आणविक निशस्त्रीकरण अन्त्य हुनसक्ने बताए । चिनियाँ नेता वाङ दुईदिने जापान भ्रमण सम्पन्न गरी बिहीबार दक्षिण कोरियाको सोल पुगेका हुन् ।
FACEBOOK COMMENTS