काठमाडौं, २० वैशाख – राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले बजार अब्यवस्था प्रति ब्यंग गर्दै उत्पादक र उपभोक्ता कसरी शोषणमा परेका छन् भन्ने कुरालाई उजागर गरेका छन् । विचौलियाको चलखेलका कारण किसानले मुल्य नपाउने र उपभोक्ताले बढि मुल्य तिर्नुपर्ने अवस्था रहेको महर्जनले औल्याएका छन् । फेसबुक वालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले हालको वस्तुस्थितीलाई झल्काएका छन् ।
महर्जन लेख्छन …. कुरा सुन्नु भयाे ? कुखुरा प्रति किलाे ५० रूपैयांमा पनि बिकेन रे, गाेलभेडा १ रूपैयांमा पनि बिकेन रे ? दूध सित्तैमा पनि उठाएन रे ? बजारमा कुखुराकाे मासु ४०० रूपैयां किलाे, भिंडी ४० रूपैया पाउ र गाेलभेडा १०० रूपैयां किलाेमा किन्नु परेकाे बेलामा मैले कुराे बुझिन, तपाइले बुझनु भएकाेछ ? उत्पादकले वस्तुकाे भाउ नपाउने र उपभाेक्ताले छुनै नसक्ने । कुन चाहीं अजिंगर पर्याे जस्ले बिचमा बसी सय गुणा नाफा खान्दैछ ?
FACEBOOK COMMENTS