विराटनगर – अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् ।
नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं १ द्वारा आज आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्ने बताएका हुन् ।
विकासका साझेदार बैंकले व्यवसायिक र सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेमा उनले जोड दिए ।
बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS